थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ,बुधबार बैशाख २४ गते  । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको उनले बताए । संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार