रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् ।

संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिना देखि नागरिकहरु बसिरहेको भएपनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहाने विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनुपर्ने बतए । लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुने उनको भनाई छ ।

सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको भएको बताए । डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘‘सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुप¥यो रु यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस । भारतमा रहेका व्यक्तिहरुलाई त्यतीकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन् । जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस् । यहाँ ल्याएर कति दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् । अन्य देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेका छन् भने हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुस र अलोकतान्त्रिक चरित्र हो ।’’

सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गरिन् । स्वदेश फर्किन चाहाने नागरिकहरुलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न सरकार हुनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘‘हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने रु उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन ? ’’

सांसद दिव्यमणि राजभण्डारीले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गरे । उनले भने, ‘‘द्वन्दका कारण वर्षौसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ । त्यही हाम्रा दाजुभाइ दिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ । उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार रु जनपक्ष र समाजवादको कुरा गर्ने तर आवश्यकता परेको बेला जनतालाई सेवा दिन नसक्ने के सरकार ?’’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले ४ लाखभन्दा बढी नागरिकले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । समिति बैठकमा मन्त्रालय प्रस्तुत गरेको प्रतिवेदनमा ४ लाख ७ हजार नागरिक नेपाल फर्किन सक्ने आंकलन गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका २ लाख ८ हजार र भिसा म्याद सकिएको र आममाफी पाएका १ लाख २७ हजार नागरिक नेपाल फर्किन चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार