चट्याङ लागेर रोल्पामा २ जनाको मृत्यु

रोल्पा ,विहिबार बैशाख २५ गते ।

रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ । घटना भएलगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो । शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए ।रासस/नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार