भारतमा रेलले किच्दा १५ मजदुरको ज्यान गयो

काठमाण्डौं ,शुक्रबार बैशाख २६ गते ।
भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

तस्बिर : थाहा खबर

उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँचबजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।

सबै मजदुर औरंगाबादको एक स्टील फैक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ गइरहेका थिए र ट्रेनको प्रतिक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो । दुर्घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । deshsanchar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार