विहिबार परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ

काठमाडौं,शुक्रबार बैशाख २६ गते।
कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ।पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको हो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो । आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ जना सांसदहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको छ ।

आज बिहान प्रतिनिधिसभाका ५३ र राष्ट्रियसाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो । बजेट अधिवेशन सुरु हुनुअघि हिजोबाट सांसदहरुको स्वाव संकलन भइरहेको छ । अझै ५४ जना सांसदहरुको स्वाव संकलन हुन बाँकी रहेको छ । आजबाट संसदको बजेट अधिवेशन सुरु हुँदैछ ।अधिवेशन सुरु हुनुअघि नै सांसदरुको रिपोर्ट आउने छ । स्वास्थ्य रिपोर्ट देखाएर मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइनेछ ।नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार