थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो

काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार