थप ७ जनामा काेरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार