बुबाको हत्या गरेको अभियोगमा एक युवा पक्राउ

बेनी ,आइतबार बैशाख २८ गते ।
म्याग्दीका एक युवालाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रक्राउ गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित सिमका २९ बर्षिय कुमार थापालाई आइतबार साँझ ६ बजे पक्राउ गरिएको हो । शनिबार राती करिब १० बजे घरमा बुबा ५१ बर्षिय मिनबहादुर थापालाई ढुङ्गा प्रहार गरि हत्या गरेको अभियोगमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर , फाइल तस्बिर

उहाँका अनुसार बाबु छोराविच विवाद परेपछि कुमार थापाले बुबालाई ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते मिनबहादुरलाई शनिबार राती नै बेनी अस्पताबाट पोखरा मनिपाल अस्पताल रिफर गरिएको थियो । गम्भीर घाइते मिनबहादुरको उपचारका क्रममा आइतबार विहान करिब ५ बजे अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

‘अभियुक्त कुमारले शनिबार राती चर्पि जाने क्रममा बुबाको लडेर मृत्यु भएको जानकारी दिएका थिए’, प्रहरी निरिक्षक तथा सुचना अधिकारी शर्माले भन्नुभयो , ‘स्थलगत घटनाको प्रकृतीको आधारमा कुमार माथि थप सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा भनाभन भएपछि बुबालाई ढुङ्गा प्रहार गरेको अभियुक्त कुमारले स्वीकार गरेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार