सप्तरीमा थप एक जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं,सोमबार बैशाख २९ गते । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार