वडा अध्यक्ष शेरपुजा धरौटीमा छुटे

बेनी ,मंगलबार बैशाख ३० गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटी बुझाएर छुट्नु भएको छ । मंगलबार २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी तिरेर छुटेको भएको श्रेष्तदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले वडा अध्यक्ष शेरपुजा विरूद्ध ७ बर्ष र ७० हजार जरिवाना र कैद सजाय हुनुपर्ने माग सहित मुद्धा दायर गरेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि वडा अध्यक्ष शेरपुजा पार्टीका नेताहरु सहित प्रहरीमा उपस्थित हुनुभएको थियो । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विजय हुनुभएको थियो । अदालतबाट धरौटीमा छुटेपछि वडा अध्यक्ष शेरपुजालाई जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिर सहित पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार