लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा श्रेष्ठ

बेनी ,मंगलबार बैशाख ३० गते ।

लायन्स क्लब अफ बेनी ,म्याग्दीको अध्यक्षमा समाजसेवी तथा युवा व्यवसायी सुमन श्रेष्ठ चयन हुुनुभएको छ । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी म्याग्दीको मंगलबार बेनीमा भएको १३ औ अधिवेशनबाट श्रेष्ठ सन् बर्ष २०२०÷२१ का लागि नयाँ नेतृत्व चयन हुनुभएकाे हाे ।

अध्यक्ष श्रेष्ठ संगै अधिवेशनबाट प्रथम उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, द्धितिय उपाध्यक्ष नारायण बराल, तृतिय उपाध्यक्ष गणेश श्रेष्ठ, सचिव रामजी विश्वकर्मा, कोषाध्यक्ष दशरथ कर्माचार्य चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई सतप्रतिशत सर्मथनमा भोट समेत गरिएको थियो । अध्यक्ष श्रेष्ठले संस्थाको निति ,कार्यक्रम अनुसार क्लबका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिने नयाँ कार्यक्रमहरुका बारेमा समेत आवश्यक छलफल गर्ने बताउनुभयो ।

क्लवका विभिन्न संयोजक सहित पदमा समेत चयन गरिएको छ । लकडाउन पछिको अनुकुल समयलाई हेरेर पदस्थापना गरिने छ । म्याग्दीमा सफल यूवा ब्यवसायी श्रेष्ठ म्याग्दी जेसिजको बरिष्ठ कार्यकारिणी उपाध्यक्ष समेत हुनुहुन्छ। अधिवेशनमा क्लवका संस्थापक अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, डेपुटी चिप एडभाईजर सन्तोष रावल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार