थप २६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं,मंगलबार बैशाख ३० गते । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । योसंगै आजसम्म देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि मंगलबार बिहान ५७ जना कोरोना संक्रमित फेला परेका थिए ।
काठमाडौंमा १, भक्तपुरमा २, सर्लाहीमा १, धनुषामा २, महोत्तरीमा दुई र पर्सामा १८ जनामा कोरोना देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार