थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार