२७ औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाण्डाै ,शनिबार जेठ ०३ गते । सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ ।

तर, कोरोनाका कारण आज औपचारिक कार्यक्रम भने हुनेछैन ।  नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीले महत्वपूर्ण भूमिका रहेको छ ।

मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।

उज्यालो अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार