थप २ जनामा कोरोना ,नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुग्यो

काठमाडौ ,शनिबार जेठ ०३ गते ।
महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या दुई सय ७८ पुगेकाे छ ।पछिल्लोपटक महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये दुई सय २४ पुरुष र ५४ महिला रहेकाे जानकारी दिए ।त्यसमध्ये ३६ जना उपचारपछि निकाे भएर डिस्चार्ज भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

शनिबार नै कपिलवस्तुका थप तीनजनामा कोरोना संक्रमण भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५ वर्षीय, ३४ वर्षीय र ४४ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

त्यसअघि शनिबार बिहानै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा ती संक्रमित फेला परेका दिए। बर्दियाको नार्खु– ११ निवासी २८ वर्षीया महिला, सिराहाको सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज– १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर– ४ की १८ वर्षीया युवती र चितवनको राप्ती नगरपालिका– १ की २५ वर्षीया महिला संक्रमित देखिएका थिए ।

शनिबारसम्म आरडिटी विधिबाट ६५ हजार सात सय ४९ नमुना परीक्षण भएका छन् ।पिसिआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।  नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार