थप ५३ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं ,सोमबार जेठ ०५ गते । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बागलुङ सहित विभिन्न जिल्ला गरि  ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार