रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ बर्षिय युवकको मृत्यु

रोल्पा ,मंगलबार जेठ ०६ गते । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिनुभयो ।

काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा.घर्तीले जानकारी दिनुभयो ।ujyaaloonline

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार