३८ जिल्लामा फैलियो कोरोना भाइरस (सूची सहित)

काठमाडौं ,बुधबार जेठ ०७ गते । कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका वा अन्य ठाउँमा बसोबास गरिरहेको पाइएको छ ।

जिल्लागत हिसाबले संख्या थपिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढीरहेको छ । विभिन्न जिल्लाका भनिएका व्यक्ति उपत्यकामा बसोबास गर्ने गरेको पाइएको छ । अहिलेसम्म सबै प्रदेशमा कोरोना भाइरसको संक्रमण छ ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म ४ सय २ लाई भएको छ भने सिन्धुपाल्चोक र बाँकेका एक एक जनाले ज्यान गुमाएका छन् । पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार