थप २५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं,बुधबार जेठ ०७ गते । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार