म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण

बेनी ,विहिबार जेठ ०८ गते ।
म्याग्दीमा थप एक जनामा स्क्रव टाइफस संक्रमण देखिएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी एक युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी नगरपालिका–६ छापाबाट उपचारका लागि बेनी अस्पताल आउनुभएकी १८ बर्षिया युवतीमा १०३ डिग्री फ. ज्वरो आउने ,टाउको दुख्ने लगायत लक्षण देखिएको थियो ।

file photo

योसंगै म्याग्दीमा स्क्रव टाइफसका विरामीको संख्या ३ पुगेको छ । यसअघि पुस १७ गते बेनी नगरपालिका–९ गलेश्वरकी ६६ बर्षिया महिला र बैशाख ९ गते जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा स्क्रव टाइफस र डेङ्गु पोजेटिभ देखिएको थियो । संक्रमित विरामीलाई अस्पतामा भर्ना गरिएको छ ।

स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताउनुभयो । यसलाई सामान्य बोलिचालीको भाषामा भुसुना पनि भन्ने गरिन्छ । उहाँका अनुसार यो रोग माइटमा पाइने Orentia Tsutsugamushi भन्ने जिवाणुबाट लाग्दछ ।

स्क्रफ टाइफस संक्रमित विरामीमा धेरै ज्वरो आउने ,धेरै टाउको दुख्ने ,पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ । माइट प्रायःजसो झाडी ,खेतबारी ,वन, जंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले खेतबारीमा काम गर्न जादा पुरा शरिर ढाक्ने कपडा लगाउने ,सरसरफाईमा विशेष ध्यान दिन , सकेसम्म घाँसबारी र चउरमा नबस्न तथा मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार नगर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने डा. अधिकारीको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार