साउदीमा १३६४ नेपालीमा कोरोना पुष्टि ,७ जनाको मृत्यु

दोहा,शुक्रबार जेठ ०९ गते । साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

कुल संक्रमितमध्ये १७ जना महिला रहेको र अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।दूतावासले दिएको जानकारी अनुसार संक्रमित नेपाली राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना नेपाली संक्रमित भएका छन् ।

संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च रहेको भन्दै दूताबासले संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको जनाएको छ ।साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप २ हजार ५ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ६५ हजार ७७ पुगेको छ ।

साउदीमा कोरोना भाइरसले ३ सय ५१ जनाको ज्यान लिएको छ । बिहीवार मात्रै १२ जनाले ज्यान गुमाएका हुन् । साउदीमा उपचारपछि निको हुनेको संख्या पनि धेरै छ । हालसम्म संक्रमितमध्ये ३६ हजार ४० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।नेपाल टाईम्सबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार