म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)

सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो

बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन । सिमानामा अलपत्र १० जनाको उद्धार गरिएको छ । शुक्रबार विहान आएका १० जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

उहाँका अनुसार भारतीय सीमामा अलपत्र परेका उनीहरुलाई उद्धार गरी जिल्लामा ल्याउन लागिएको हो । सिमानमा अलपत्र ६० जना गाडी चढीसकेको जानकारी गराउँदै प्रजिअ ढकालले भन्नुभयो ,‘उहाँहरु शनिबार विहानसम्म म्याग्दी आइपुग्नुहुन्छ ।’ केही सीमापारी भारतीय भुमिमा भएकाले उनीहरुलाई पनि उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

सिमा नाकामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै ,यसरी हुँदै छ व्यवस्थापन

सिमा नाकामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै ,यसरी हुँदै छ व्यवस्थापन

Posted by MyagdiNews.com on Friday, May 22, 2020

सुरक्षा र अन्य सेवा सुविधाका हिसावले पनि बेनीमा राख्न ठिक हुने भएकाले क्वारेन्टाइन क्षमताको विस्तार गरिएको प्रजिअ ढकालले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको खानपानका लागि बेनी नगरपालिका लगायत स्थानीय तहहरुले आर्थिक व्यवस्थापन गर्नेछन् ।
कमाण्ड पोष्टको निर्णय बमोजिम क्वारेन्टाइन निर्माण र व्यवस्थापनका लागि आवश्यक सहयोग नगरपालिकाले गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

कोरोनाको महामारी फैलिएको भारतबाट म्याग्देलीहरु जिल्ला फर्किन थालेपछि उनीहरुलाई राख्नका लागि जिल्ला स्थित राजनीतिक दल,स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सरोकारवाला निकाहरुले क्वारेन्टाइन निर्माणमा जुटका हुन । क्वारेन्टाइनमा राखिएका सवैको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिने छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण

म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण

Posted by MyagdiNews.com on Friday, May 22, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार