थप ७२ जनामा कोरोना पुष्टि ,नेपालमा सङ्क्रमितको संख्या ६७५ पुग्यो

काठमाण्डौ ,सोमबार जेठ १२ गते । नेपालमा सोमबार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष सङ्क्रमित भएका छन् । आज पुष्टि भएका ७२ जनासहित कुल सङ्क्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार