थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,सोमबार जेठ १२ गते । सोमबार कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना संक्रमण परीक्षणका क्रममा अछाममा मेल्लेकका एक जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीनजना नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणका क्रममा दुई जनाको कोरोना पोजेटिभ देखिएको हो ।

सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएका थिए । देशभर २० वटा प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिन्छ । यो संगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार