नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो

काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोगशाला रुपन्देही, सेती प्रयोगशाला र पोखरामा गरिएको परीक्षणमा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मङ्गलबार सबैभन्दा धेरै कपिलवस्तुका २६ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै रौतहटका २२, सुर्खेतका १२, बाँकेका आठ, सिरहाका पाँच र बाराका तीन जनामा सङ्क्रमण देखिएको हो ।

साथै महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका दुई्दुई जनामा तथा धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो । अब नेपालका ४६ जिल्लामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये एक सय ५५ जना निको भएका छन् भने चार जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार