देवचुली नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या १९ पुग्यो

चितवन ,शुक्रबार जेज १६ गते । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सोही नगरपालिकाका १९ र २१ बर्षिय दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।गण्डकी प्रदेश मन्त्रालय मातहत स्वास्थ्य निर्देशनालयले देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार