थप १७० जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौ ,शुक्रबार जेठ १६ गते । शुक्रबार थप १७० जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार