थप १६६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो

 काठमाडौं,आइतबार जेठ १८ गते  ।नेपालमाा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

शनिबार दिउसो थप १ सय ६६  जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ५०  महिलाको संख्या १ सय १७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिनुभयो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ५४ जिल्लामा कोरोना सक्रमण देखा परेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार