म्याग्दीका कोरोना संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन

पोखरा ,आइतबार जेठ १८ गते । म्याग्दीका नोभेल कोरोना भाइरस (कोभिड –१९)संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो ।

भैरहवाको नमुना मा.बि.को क्वारेन्टाइनमा बसेका उनीहरुलाई गण्डकी प्रदेशमा ल्याउने क्रममा म्याग्दी सम्मका लागि छुटेको म्याग्दी यातायात प्रा.लि.को बसमा आएका मध्ये ६ जना सम्पर्कविहीन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ती मार्फत बसमा आएका मध्ये पोखराका २ जना पुरानो बसपार्कमा, गोरखाका १ जना आबुंखैरेनीमा, र लमजुङका ३ जना यात्रु डुम्रेमा ओर्लिएको जनाउदै उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार