भारतबाट फर्केकालाई उद्धार गरेको माइक्रोबस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु

नेपालगञ्ज ,सोमबार जेठ १९ गते । भारतीय सीमाक्षेत्रबाट नेपालीहरूलाई उद्धार गरी फर्कदै गरेको माइक्रोबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गाडीमा सवार २१ जना घाइते भएका छन् ।

कचनापुर र शमसेरगन्जको बीचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीरबहादुर ओलीले बताए ।

गएराती १२स्१५ बजे भएको दुर्घटनामा परी १२ जनाको मृत्यु भएको उनले जानकारी दिए । ११ जनाको घटनास्थल मै मृत्यु भएको र एकजनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको उनले बताए । अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन । मृतकको सनाखत गर्ने काम भइरहेको ओलीले बताए ।

नेपालगन्जको जमुनाहबाट दाङ, सल्यान र रुकुम समेतका नागरिक र चालकरसहचालक गरि उक्त बसमा ३३ जना रहेका थिए ।घाइते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार