थप २२६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं ,सोमबार जेठ १९ गते । नेपालमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार