गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि

कास्की ,बुधबार जेठ २१ गते ।
गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको अहिले चितवन भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताउनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ । संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार