गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

म्याग्दी मंगला गाउँपालिका–४ १९ बर्षिय पुरुष क्वारेन्टाइनमा रहेका छन् । उनि केही समय अघि मात्र भारतबाट आएका थिए । संक्रमितलाई खुल्ला मञ्च स्थित कोरोना आइसोलेसन कक्षमा लैजाने तयारी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । म्याग्दीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । यसअघि भारतबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । हालसम्म संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् । हाल सम्म गण्डकी प्रदेशका सात जिल्लामा कोरो संक्रमण फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार