थप १७ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो

कास्की ,शनिबार जेठ २४ गते ।

शनिबार बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरा महानगर पालिकाका ५९ बर्षीय १ पुरुष, रुपा गाउँपालिकाका २३ र ३२ बर्षीय २ पुरुष, स्याङ्गजाको वालिङ् नगरपालिका ८ पुरुष तथा हरिनाश गाउँपालिका का २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।हालसम्म गण्डकी प्रदेशका ९ जिल्लामा ९ संक्रमण फैलिएको छ । संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार