नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,शनिबार जेठ २४ गते  । थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार थपिएसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार