थप ३२३ जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाण्डौं ,मंगलबार जेठ २७ गते । मङ्गलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंगलबार थपिएसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०८५ पुगेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो ।

आज थपिएका सहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार