थप २१ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २४७ पुग्यो

पोखरा ,बुधबार असार ०३ गते । पर्वत सहित दुई जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा पर्वत फलेवास नगरपालिका २ पुरुष र १ महिला तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वका हुप्सेकोट गाउँपालिका १८ देखि ३६ बर्ष उमेर समुहका १४ जना पुरुष, मध्यबिन्दु नगरपालिकाका १६ र ३० वर्षका २ पुरुष, कावासोती नगरपालिकाका ३७ बर्षीय पुरुष तथा पालिका नखुलेका २७ बर्षीय १ पुरुष रहेका छन् ।

संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार