![](https://myagdinews.com/wp-content/uploads/2020/05/corona-syaple-photo-.jpg)
काठमाडौं,बुधबार असार ०३ गते । नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिनुभएको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/05/corona-syaple-photo-.jpg)
यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।