विद्यालय भवनको पर्खाल भत्कियो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालय भवनको पर्खाल भत्किएको छ । भुकम्पका कारण चर्किएर जिर्ण बनेको विद्यालय भवनको पर्खाल भत्किएको हो । २०७२ मा गएको भुकम्पका कारण चर्किएर जिर्ण बनेको भवनको पर्खाल भत्किदा विद्यार्थीलाई अर्कै सांघुरो कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रअ ललितबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

भुकम्पका कारण विद्याल भवनको पर्खाल जिर्ण भएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षामा चार कोठे भवन निर्माणको लागि माग गरेपनि कुनै सुनुवाई नभएको प्रअ घर्ती मगरले बताउनुभयो ।‘पर्खाल भत्किएपछि चार कोठे भवन निर्माणको लागि गत बर्ष जिल्ला आयोजना कार्यान्वयन इकाईमा प्रस्तावना पत्र पेश गरेपनि हाम्रो मागको कुनै सुनुवाई भएन,’उहाँले भन्नुभयो । ‘पर्खाल भत्किएपछि विद्यार्थीलाई सांघुरो कक्षा कोठामा राखेर पढाउन बाध्य भएका छौं ।’ २०१६ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा दश सम्म पठनपाठन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार