![](https://myagdinews.com/wp-content/uploads/2020/07/dammara-pahiro-4.jpg)
बेनी । म्याग्दीको बेनी नगरपालिका –६,डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस,म्याग्दीले खाद्यान्न सामाग्री वितरण गरको छ । पहिरोका कारण वडा नं ६ मा १२ घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरको नेतृत्वमा गएको टोलीले सो खाद्यान्न सामग्री वितरण गरेको हो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/dammara-pahiro-4-1024x768.jpg)
विस्थापित परिवारलाइ सभापति गर्बुजा लगायतको टोलीले ३०हजार रुपैयाँ बढीको दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गर्नुभएको नेपाल विद्यार्थी संघ ,म्याग्दीका सचिव विशाल खत्रीले बताउनुभयो ।
सभापति गर्बुजाले पहिरो पीडित परिवारलाई तत्कालका लागि दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरिएको बताउनुहुँदै थप आवश्यक पाल लगायत राहतका लागि पहल गर्ने बताउनुभयो । जिल्लाका पहिरो प्रभावित क्षेत्रमा पार्टीले राहत वितरण गरिरहेको जानकारी गराउनुहुँदै बाँकी रहेका क्षेत्रमा पनि राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/dammara-pahiro-3-1024x768.jpg)
उहाँका अनुसार रात वितरणमा सभापति गर्बुजा संगै संविधान सभा सदस्य रेशम बहादुर बानियाँ ,उपसभापति माद्यवप्रसाद रेग्मी ,पुर्व सहसभापति नेत्रबहादुर महत ,सचिव क्याप्टेन मिन बहादुर कार्की ,नेपाल महिला संघ म्याग्दीका अध्यक्ष बिमला गौचन ,सहसचिव भरत रकाल ,जिल्ला सदस्य केबी भण्डारी ,नगर सभापति अनोद श्रेष्ठ ,तरुणदल ,नेविसंघ लगायतको टोली पुगेका थिए ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/dammara-pahiro-2-1024x768.jpg)
पहिरोबाट विस्थापित परिवारलाई अपाङ्ग संघको भवन ,आमा समुहको भवन ,बन कार्यालयको भवनमा राखिएको छ भने केही आफन्तको शरण लिएर बसेका । नेविसंघ म्याग्दीका सचिव खत्रीको संचालन तथा उपसभापति रेग्मीले पार्टीले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/07/dammara-pahiro-1-1024x768.jpg)
![](https://myagdinews.com/wp-content/uploads/2020/07/110842769_1165155133843145_6064199775146546345_n.jpg)