नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६० पुग्यो

काठमाडौं । नेपालमा थप ३८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या १५ हजार १५६ पुगेको छ । त्यसैगरी  कोरोना संक्रमणबाट बुधबार  थप दुई जनाको मृत्यु भएसंगै नेपालमा मृतकको कुल संख्या ६० पुग्यो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार