पोखरामा कोरोना संक्रमित एकको मृत्यु

पोखरा । पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी डायविटिजिबाट समेत पीडित थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनी उपचारका लागि १७ साउनमा अस्पताल भर्ना भएका थिए । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार