कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो।

क्षयरोगबाट पीडित भै ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना गरिएको थियो ।उपचारकै क्रममा स्वाव परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको प्रादेशिक अस्पताल कोभिड १९ का संयोजक डा. जामुन सिंहले बताए ।उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको छ भने शव व्यवस्थापनको तयारी भइरहेको छ ।यससंगै कोरोना संक्रमणवाट धनुषामा मात्र मृत्यु हुनेको संख्या तीन पुगेको छ । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार