रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ । पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन् ।

रुसको दाबीपछि अहिले पुरै विश्वमा यसको चर्चा सुरु भएको छ । के विश्व स्वास्थ संगठनले यसलाई अनुुमति देला रु यदि दियो भने कसरी यस भ्याक्सिनको प्रयोग अघि बढ्छ रु के भारतसहितका दक्षिण एशियाली देशमा यो भ्याक्सिन प्रयोगमा आउनेछ रु यी र यस्ता महत्वपूर्ण सवाललाई आउनुस् १० बुँदामा बुुझौं ।

१।.सका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा टिभीमार्फत कोरोना भ्याक्सिन बनाइएको जानकारी विश्वलाई दिए । पुटिनकाअनुसार रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको हो । करिब दुुई महिनाको ह्युमन ट्रायलपछि यो भ्याक्सिनलाई रुसमा अनुमति दिइएको उनले दाबी गरे ।

२.यस भ्याक्सिनको नाम ‘स्पुटनिक पाँचौ’ हो । यो नामको विशेष अर्थ छ । स्पुटनिक विश्वको पहिलो स्याटेलाईट हो, जसलाई सोभियत युनियनले १९५७ मा लन्च गरेको थियो । यही स्याटेलाईटसँग जोडेर संसारको पहिलो कोरोना भ्याक्सिनको नामाकरण गरिएको छ ।

३. पुुटिनका अनुसार भ्याक्सिनको पहिलो प्रयोगका लागि उनले आफ्ना दुुई छोरीमध्ये एकलाई रोजे । भ्याक्सिन लिएपछि पुटिनकी छोरीलाई हल्का ज्वरो आयो । कोरोना संक्रमित पाइएपछि उनलाई यो भ्याक्सिन दिइएको थियो । यसपछि उनको स्वास्थ तिव्र रुपले सुुधार भयो, एकै दिनमा ज्वरो पनि आफैं कम भयो ।

४.यो भ्याक्सिन रुसको गामालिया नेशनल सेन्टरले तयार गरेको हो । यस भ्याक्सिनका लागि एक अलग भाइरस ‘एडेनोभाइरस’ को प्रयोग गरिएको छ । यस्तै खाले भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र चीनमा पनि विकास हुँदैछ ।

५.रुसको रक्षा मन्त्रालयले भ्याक्सिन निर्माणमा गामालिया नेशनल सेन्टरलाई सहयोग गरेको छ । यसको क्लिनिकल ट्रायल १ सय प्रतिशत सफल भएको दाबी गरिएको छ । क्लिनिकल ट्रायल १८ जुनमा सुरु गरिएको थियो । यस ट्रायलमा ३८ स्वयंम्सेवक सहभागी थिए । ट्रायलका दौरानमा यी स्वयंम्सेवकमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकसित भएको थियो । ट्रायलपछि पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा डिस्चार्ज गरियो ।

६. अझैसम्म पनि यो भाइरसको अन्तिम ट्रायल पूरा भइसकेको छैन । यस्तोमा यसले स्वीकृति पाउने विषयलाई लिएर पनि प्रश्न खडा छ । यता, रुसी कम्पनी सिस्टेमाले यसै वर्षको अन्त्यसम्म भ्याक्सिनलाई ठूलो परिमाणमा उत्पादन गर्ने जानकारी दिएको छ ।

७. रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डिमिट्रोभका अनुसार रुसलाई यसअघि नै २० भन्दा धेरै देशबाट यस भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि माग आइसकेको छ । भ्याक्सिनलाई सेप्टेम्बर महिनाबाटै ठूलो परिमाण उत्पादन गर्न थालिने र अक्टुुबरमा अझै धेरै मात्रामा उत्पादन गर्ने लक्ष्य पनि रुसको छ ।

८. अनौठो कुरा त भ्याक्सिनलाई तेस्रो चरणको ट्रायल सुरु हुनभन्दा पहिले नै रुसी स्वास्थ मन्त्रालयले दर्ता गरिसकेको छ । फेज ३ को ट्रायलमा ठूलो संख्यामा सहभागीहरुलाई खोप लगाईन्छ । आम रुपमा यस ट्रायल सफल भएपछि मात्रै भ्याक्सिनलाई सर्वसाधारणको प्रयोगका लागि अनुमति दिइन्छ ।

९.भ्याक्सिनको एडभान्स क्लिनिकल ट्रायल अर्थात् तेस्रो चरणको ट्रायल १२ अगस्टदेखि सुरु हुँदैछ । यस ट्रायलमा युुएई, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिल पनि समावेश हुनेछ । पहिलो र दोस्रो चरणको ट्रायल १ अगस्टमा पूरा भइसकेको छ । यो पनि भनिएको छ कि यस अवधिमा यो भ्याक्सिन ठूलो संख्यामा स्वयंम्सेवकहरुलाई दिइनेछ । रुस प्रशासनले यो पनि भनेको छ कि मेडिकल स्टाफ, टिचर्सलगायत व्यक्ति, जो ज्यादा जोखिममा छन्, उनीहरुलाई सबैभन्दा पहिले यो भ्याक्सिन दिइनेछ ।

१०. यसअघि विश्व स्वास्थ संगठनले तेस्रो चरणको ट्रायल समाप्त भएपछिमात्रै भ्याक्सिनले स्वीकृति पाउने जनाएको थियो । तेस्रो चरणको ट्रायलअघि नै कुनै भ्याक्सिनको उत्पादनका लागि लाइसेन्स जारी गर्नु निकै खतरनाक कदम हुने डब्ल्युएचओले जनाएको थियो ।एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार