नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशका विभिन्न जिल्लामा ७ जनाले ज्यान गुमाएका छन् ।काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न जिल्लामा १ हजार १६ जनासहित देशभर संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार