अछामको कैलाश खोलामा आएको बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो

काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् ।बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ । बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् । राटोपाटीबाट साभार

तस्बिर : सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार