कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो ।

अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन् । उनमा साउन २४ गते कोरोना पुष्टि भएको थियो । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार