विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१६,५५१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५१ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ३८ लाख १ हजार ६ सय ९३ पुगेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ४९ हजार ३ सय जना निको भएर घर फर्किएका छन् भने ६१ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८१ हजार १ सय १३ र ब्राजिलमा १ लाख १५ हजार ४ सय ५१ जनाको ज्यान गएको छ । भारतमा ५८ हजार ५ सय ४६, मेक्सिकोमा ६० हजार ४सय ८० स्पेनमा २८ हजार ८ सय ७२, पेरुमा २७ हजार ८ य १३ र बेलायतमा ४१ हजार ४ सय ३३ जनाको ज्यान गएको छ ।नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार