म्याग्दीमा सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

बेनी । सवारी ज्यान मुद्धामा फरार रहेका एकजना चालकलाई जिल्ला प्रहरी कार्यालय ,म्याग्दीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको फैसला अनुसार तीन महिना पाँच दिन कैद बेरुजु रहेका म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बस्ने २९ बर्षिय प्रकाश सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालतमार्फत कारागार चलान गरिएको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताउनुभयो ।सवारी­ज्यान मुद्दामा बि.स २०६७ साल २ महिना २४ गते फैसला भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार