पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग

बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् ।

बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र वडा नं ७ का अध्यक्ष रेशम जुग्जालीलाई मदन कडेलका भाई पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेल (सदन)ले आइतबार हस्तान्तरण गर्नुभएको थियो ।

मराङका पहिरो पीडितहरुका लागि एक लाख रुपैयाँ धवलागिरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राजाराम सुवेदी र ज्ञानबहादुर गर्बुजाको नाममा प्रभु बैंकमा खोलिएको खातामा सोमबार कडेलले जम्मा गर्नुभएको छ । मंगला गाउँपालिका–५ अर्मनका पहिरो पिडितलाई २५ हजार १०४ रुपैयाँ उपलब्ध गराएको कडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार